प्रधानमन्त्रीले भ्रष्टाचारीलाई मृत्युदण्ड दिन मिल्दैन भन्दा सांसदले ठोके टेबल

काठमाण्डु टुडे २०८१ फागुन ४ गते १५:२४ मा प्रकाशित

काठमाण्डू, ४ फागुन– आज आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेका अध्यक्ष सकेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारीलाई अहिलेकै कानुनी व्यवस्थाअनुसार मृत्युदण्ड दिन नमिल्ने दाबी गरेका छन ।

आइतबार संसदमा भएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तरका क्रममा सांसद प्रेम सुवालले भ्रष्टाचारीलाई मृत्युदण्ड दिनुपर्छ भन्ने विषयमा उठाएको प्रश्नमा जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले यस्तो जवाफ फर्काएका हुन ।

प्रधानमन्त्री ओलीले कानुनले गरेको फैसला कहिलेकाहिँ कमजोरी पनि हुन सक्ने भन्दै ओलीले तर मृत्युदण्ड नै समस्याको समाधान नभएको पनि बताए । उनले यसो भन्दा सांसदहरुले टेबल समेत ठोकेका थिए । प्रधानमन्त्री ओलीले भने, ‘कानुनले गरेको फैसला मान्छेले नै गर्ने हो । कहिलेकाहिँ प्रमाण नपुगेको हुनसक्छ, प्रमाण फरक ढंगले देखिएको हुनसक्छ ।

र, फैसला उपयुक्त नहुनपनि सक्छ, ‘मृत्युदण्ड नै दिइसकेपछि त त्यो फैसला सच्याउन सकिँदैन । कसैलाई ज्यान दिन सकिन्दैन भने कसैको ज्यान लिन पनि हुँदैन ।’

त्यसकारण ज्यान लिने भन्दा पनि मानवतावाद कानुनसम्मत समाज शासन व्यवस्थामा जोड दिनुपर्नेमा जोड दिए । अरुको ज्यान लिने काम सही हो भन्न नसकिने समेत उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us