सत्तारुढ सांसदकै प्रश्नः देशमा सरकार नभएको जस्तो भयो

काठमाण्डु टुडे २०८१ फागुन ४ गते १३:४७ मा प्रकाशित

काठमाण्डू, ४ फागुन–सत्तारुढ काँग्रेस सांसद वेदप्रसाद तिमिल्सिनाले देशमा सरकार छ कि छैन भन्ने अवस्था रहेको भन्दै प्रश्न गरेका छन् ।

प्रतिनिधिसभा बैठकमा आइतबार शून्य समयमा बोल्ले तिमिल्सिनाले सिमेन्टको मूल्यमा अकारण अत्याधिक बिक्री भए पनि सरकारले नियन्त्रण नगरेकामा आपत्ति जनाए ।

६० डिग्रीको तापक्रममा पसिना बगाएर पठाएको पैसाले घर बनाउने तयारीमा रहेका वैदेशिक रोजगारीमा रहेका युवाहरु सिमेन्टको मूल्य बढेपछि निराश भएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us