चन्द्रागिरिमा घरको रेलिङबाट खसेर एक जनाको मृत्यु

काठमाण्डु टुडे २०८१ फागुन ४ गते १२:४९ मा प्रकाशित

काठमाण्डू, ४ फागुन– काठमाण्डूको चन्द्रागिरिमा घरको रेलुङबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखाको सैलुङ गाउँपालिका–३ का ५२ वर्षीय होमबहादुर श्रेष्ठ रहेका छन ।

काठमाण्डूको चन्द्रागिरि नगरपालिका–५ हाइभिजनस्थित वीरबहादुर घलेको घरको रेलिङबाट लडेर श्रेष्ठको मृत्यु भएको हो । मृतक श्रेष्ठ वीरबहादुरका छोरा जितेन्द्रका साथी हुन् ।

उनी आज बिहान जितेन्द्रको घरको दुई तलामाथि छतमा बसेर घाम तापिरहेका थिए । त्यहाँबाट झर्ने बेला रेलिङमा अड्किएर भुईंमा खसेको प्रहरीले जनाएको छ ।

भुईंमा खसेर गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारका लागि एपीएफ अस्पताल पुर्याइएकोमा चिकित्सकले आज बिहान पौने १० बजे मृत्यु घोषणा गरेको प्रहरले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us