झापामा नेपाल प्रहरीका सई मृत भेटिए

काठमाण्डु टुडे २०८१ फागुन ४ गते १२:२० मा प्रकाशित

काठमाण्डू, ४ फागुन– झापामा नेपाल प्रहरीका एक जना प्रहरी नायब निरीक्षक (सई) मृत अवस्थामा फेला परेका छन । मृत फेला पर्नेमा भोजपुर टेम्केमैयुङ गाउँपालिका घर भइ हाल जिल्ला मोरङ कानेपोखरी गाउँपालिका–७ बस्दै आएका ४९ वर्षीय सई धनराज खतिवडा रहेको जिल्ला प्रहरी कार्यलय झापाले जानकारी दिएको छ ।

झापा भद्रपुर नगरपालिका–८ मा रहेको जिल्ला प्रहरी कार्यालय झापाको तीन तले ब्यारेकको माथिल्लो तलामा उनी मृत फेला परेको निमित्त सूचना अधिकारी विजय चौहानले जानकारी दिएका छन । माथिल्लो तलाको पानी ट्यांकी जाने फलामको भर्याङमा खतिवडा झुन्डिएको अवस्थामा फेला परेको उनले जानकारी दिएका छन ।

सुचना अधिकारी चौहानले भने, ‘शव आज बिहानको हो । घटनाबारे परिवारलाई जानकारी दिइसकिएको छ, ‘सो सम्बन्धमा अनुसन्धान कार्य जारी छ ।’ प्रहरीले मृतकका आफन्तलाई जानकारी गराएर कानुनी प्रक्रिया अघि बढाएको प्रहरी निरीक्षक चौहानले अनलाइनखबरलाई बताए । घटनाको थप अनुसन्धान अघि बढाएको पनि प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us