मःम पसलमा ग्यास विस्फोटः मृतकको संख्या ४ पुग्यो

काठमाण्डु टुडे २०८१ फागुन ४ गते ९:४१ मा प्रकाशित

काठमाण्डू, ४ फागुन- काठमाण्डूको कमलपोखरीस्थित शानदार मःम पसलमा ग्यास विस्फोटमा परी घाइते भएका थप एक जनाको पनि मृत्यु भएको छ ।

काभ्रेको बेथानचोक गाउँपालिका धुनखर्कका २५ वर्षीय छिरिङ लामाको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा गएराति मृत्यु भएको हो ।

योसँगै उक्त घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ ।

यसअघि सोमबार मकवानपुरको मनहरी गाउँपालिका–५ डिल्लीपुरका १८ वर्षीय रबिन राई र उदयपुरको कटारी नगरपालिका–८ गालटारका २५ वर्षीय भीमबहादुर घले मगर तथा शुक्रबार उदयपुरको उदयपुरगढीका २२ वर्षीय प्रदीप तामाङको मृत्यु भएको थियो ।

घटनामा १४ जना घाइते भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us