कांग्रेस र एमालेले चाहँदैमा चाहे अनुसारको संविधान संशोधन हुन सक्दैनः रघुजी पन्त

काठमाण्डु टुडे २०८१ फागुन ३ गते १८:१२ मा प्रकाशित

काठमाण्डू, ३ फागुन– सत्ता घटक दल एमालेका सांसद रघुजी पन्तले कांग्रेस र एमालेले चाहँदैमा चाहे अनुसारको संविधान संशोधन हुन नसक्ने दाबी गरेका छन । आज शनिवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै एमाले सांसद पन्तले यस्तो बताएका हुन ।

उनले संविधानमा रहेका असन्तुष्टिहरू अहिले आएर व्यक्त भइरहेको पनि बताएका छन । उनले अहिले आएर कांग्रेस र एमालेको दुई तिहाइ पुग्छ संशोधनको प्रयास सुरु गरौँ भनेर पहलकदमी भइरहेको पनि बताएका छन । उनले संविधान संशोधनका स्पष्ट बुँदाहरू बाहिर नआइसकेको पनि बताए ।

उनले नेपालमा अहिलेसम्म बनेका संविधानहरू संशोधन नभईकन कुनै नबाँचेको बताए । उनले संविधानलाई बचाउन पनि संशोधन आवश्यक रहेको बताएका छन । सरकारले ल्याएका अध्यादेशहरू राष्ट्रियसभाबाट पारित हुन जटिलता उत्पन्न भइरहेको पनि उनले बताए ।

उनले भने, ‘संविधानमा रहेको असन्तुष्टिहरू अहिले आएर व्यक्त हुन थालेका छन् । अब नेपाली काँग्रेस र एमालेलाई के लागेको छ भने दुई तिहाइ पुग्छ भने संविधान संशोधन गरौँ भन्ने छ ।

यद्यपि त्यसमा धेरै होमवर्क भएर संविधान संशोधनका स्पष्ट बुँदाहरू बाहिर आइसकेका छैनन् । तर कतिपय कुराहरू संशोधन गर्न सकिन्छ भनेर गर्ने भनेर लागिएको छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us