सरकारले राष्ट्रियसभामा ६ फागुनमा अध्यादेश निर्णयार्थ पेस गर्ने

काठमाण्डु टुडे २०८१ फागुन ३ गते १७:४० मा प्रकाशित

काठमाण्डू, ३ फागुन– सत्ता घटक दलहरुले आगामी ६ फागुनमा बस्ने बस्ने राष्ट्रियसभामा सरकारले जारी गरेका अध्यादेश पेस गर्ने सहमति गरेका छन । आज शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दलहरूको बैठकमा ६ फागुनमा राष्ट्रियसभामा निर्णयार्थ पेस गर्ने सहमति गरेको बालुवाटर उच्च स्रोतले जानकारी दिएको छ ।

बैठकमा सहभागी गृहमन्त्री रमेश लेखकले अध्यादेश पास गर्ने प्रक्रिया अघि बढाउने सहमति बैठकमा भएको जानकारी दिएका छन । उनले भने, ‘अध्यादेश पास हुने प्रक्रिया अघि बढ्छ ।

राष्ट्रियसभाको ६ गते बस्ने बैठकमा अध्यादेशहरू निर्णयार्थ टेबल हुन्छन् ।’ सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेश पास गर्नेबारे जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र उपाध्यक्ष राजकिशोर यादवसँग टेलिफोनमा सम्वाद भएको कांग्रेस नेता लेखकले बताए ।

उनीहरू राजधानी बाहिर रहेकाले बैठकमा उपस्थित नभएको बताउँदै लेखकले काठमाण्डू फर्किएपछि सहमतिमा अगाडि बढ्ने बताए । ‘जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र उपाध्यक्ष राजकिशोर यादवसँग टेलिफोनमा सम्वाद भएको छ ।

उहाँहरू राजधानी बाहिर भएकाले बैठकमा सहभागी हुन सक्नुभएन । काठमाण्डू फर्किएपछि सम्वाद गरेर सहमतिमा अगाडि बढ्ने सहमति बनेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us