बहुमत पुग्नेगरी अध्यादेश पास गर्ने सहमति बन्योः सत्ता गठबन्धन

काठमाण्डु टुडे २०८१ फागुन ३ गते १४:४४ मा प्रकाशित

काठमाण्डू, ३ फागुन– आज शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुुवाटारमा बसेको सत्ता घटक दलहरुको बैठकले सरकारले जारी गरेका अध्यादेशहरूको प्रक्रिया संघीय संसद्का दुवै सदनमा अघि बढाउने सहमति भएको दाबी गरेको छ ।

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा दलहरूबीच सहमति जुटेको गृहमन्त्री समेत रहेका कांग्रेस नेता रमेश लेखकले जानकारी दिएका छन ।

सत्ता घटक दलहरुको बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै गृहमन्त्री लेखकले भने, ‘अध्यादेश पास हुने प्रक्रिया अघि बढ्छ । सबै राजनीतिक दलहरू सहमत भएका छौं ।’

बहुमत पुग्नेगरी दलहरूबीच सहमति भएको उनले जानकारी दिए । उनले कस्ता कस्ता विषयमा सहमति भएको भन्नेचाहिँ खुलाएनन् ।

उनले भने, ‘अध्यादेश स्वीकृत गर्ने, अध्यादेश अघि बढाउने बारेमा छलफल भयो । छलफल सकारात्मक रुपले निष्कर्षमा पुगेको छ, ‘बहुमत पुग्छ । पुग्नेगरी छलफल भएको छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us