पोखरा भ्रमण वर्षको उद्घाटनमा बेलुन पड्केर अर्थमन्त्री पौडेल र मेयर आर्चाय घाइते

काठमाण्डु टुडे २०८१ फागुन ३ गते १४:१० मा प्रकाशित

काठमाण्डू, ३ फागुन– पोखरा भ्रमण वर्षको उद्घाटनका लागि तयार गरिएको बेलुन पड्किएर पोखराका मेयर धनराज आचार्य र अर्थमन्त्री विष्णु पौडेल घाईते भएका छन ।

आज (शनिबार) भ्रमण वर्ष लेखिएको ब्यानर सहितको बेलुन उडाउने क्रममा पड्किएको हो ।

मेयर आर्चायको उपचारका लागि अस्पताल लगिएको छ । चोट सामान्य रहेको बताइएको छ ।

सोही बेलुन पड्किँदा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल भागेर मञ्चतर्फ पुगेका थिए । अर्थमन्त्री पौडेल पनि सामान्य घाइते भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us