परिवर्तनको संवाहक माओवादी नै हो भन्ने प्रस्ट भएको छः प्रचण्ड

काठमाण्डु टुडे २०८१ फागुन ३ गते १३:३२ मा प्रकाशित

काठमाण्डू, ३ फागुन– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश र जनताप्रति इमानदार भएर परिवर्तनको संवाहक माओवादी नै हो भन्ने विषय स्पस्ट भएको बताएका छन ।

आज (शनिबार) मकवानपुरको बागमती गाउँपालिकामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । उनले नागकिरहरुमा विगतमा माओवादीलाई अवमूल्यन गरेको नागरिकहरूमा महसुस भइरहेको पनि बताएका छन ।

साथै उनले सरकारमा वा सरकारबाट हटे पछिको नागरिक संवाद अन्तरक्रियाबाट नागरिकले जे भन्यो त्यही गर्ने माओवादी नै रहेछ भन्ने अवस्था निर्माण भएको उनले बताए । नागरिकहरूले देश भर नै एक पटक माओवादीलाई विश्वास गरेको अवस्था रहेको पनि बताएका छन ।

अध्यक्ष प्रचण्डले भने, ‘म गएको ठाउँमा नागरिकको लागि काम गर्ने माओवादी नै रहेछ भन्न अवस्था बनेको । माओवादी प्रतिको विश्वास अलिअलि होइन धेरै नै बढेको छ’ उनले भने, ‘बिचौलिया र भूमाफिया विरुद्ध अभियान चलाउँदा नागरिकहरूमा थोरै आशा पलाएको छ । सोही कारणले माओवादी केन्द्रको लोकप्रियता बढेको हो ।

माओवादी प्रतिको लोकप्रियतालाई हालै सम्पन्न पत्रकार हमासंघको निर्वाचनले पनि प्रस्ट बनाएको छ । माओवादीको लागि यो अवसर पनि हो । यो अवसर सधैँ पाइन्न ।’ आफू तेस्रो पटक प्रधानमन्त्री बन्दै गर्दा नागरिकप्रति उत्तरदायी भएर काम गर्नुपर्छ भन्ने अठोट लिएर सरकारमा गएको पनि प्रचण्डले बताए ।

उनले रेकर्ड कायम गर्ने, माओवादी प्रतिको हस्तक्षेप विरुद्ध केही गर्ने सङ्कल्पका कारण भ्रष्टाचार विरुद्धका अभियानहरू संचालन गरिएको पनि बताएका छन । अध्यक्ष प्रचण्डले माओवादी केन्द्र आगामी निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नगरी अघि बढ्ने तयारीमा रहेको उनले बताएका छन ।

आउने निर्वाचनमा जाँदा क्लिन स्विप गर्ने गरी तयारी गर्न उनले निर्देशन दिए । सुशासनको दृष्टिकोणबाट ११ ओटा स्थानीय तहमा माओवादी केन्द्रको राम्रो रहेको छ अध्यक्ष प्रचण्डको भनाई छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us