प्यूठानका कांग्रेसले कुप्रचार गरेः सूर्य थापा

काठमाण्डु टुडे २०८१ फागुन ३ गते ११:३९ मा प्रकाशित

काठमाण्डू, ३ फागुन– एमाले नेता एवं प्रतिनिधि सभा सदस्य सूर्य थापाले प्यूठानमा कांग्रेसले कुप्रचार गरेको भन्दै आपत्ति व्यक्त गरेका छन । कांग्रेसकै कार्यकर्तालाई आफ्नाविरुद्ध बोल्न लगाएर झुटो प्रचार गरिरहेको उनले बताएका छन ।

नेपाली कांग्रेस प्यूठानले ‘जनतासँग कुरा गर्न पनि सूर्य थापासँग अनुमति लिनु पर्ने ?’ भन्दै वक्तव्य जारी गरेपछि थापाले त्यसको प्रतवाद गरेका हुन् । प्यूठानबाट निर्वाचित थापाले भिडियोसमेत शेयर गरेका छन् ।

उक्त भिडियोमा एक जना मतदाताले सूर्य थापालाई जिताएको तर सडक नबनाइदिएको गुनासो गरेकी छन् । थापाले भने ती महिला मतदाता कांग्रेसकै कार्यकर्ता भएको दाबी गरेका छन् ।

एमाले सांसद थापाले फेसबुकमा लेखेका छन, ‘नेपाली काँग्रेस प्युठानका केही व्यक्ति यति हदसम्म कुप्रचार गरिरहेका छन्। भिडियोमा बोल्ने महिला काँग्रेसकै कार्यकर्तालाई यसरी बोल्न लगाएर ‘क्याटवाक’का क्रममा दिउँसै रात पार्ने कोसिस भएको छ ।’

कांग्रेस प्यूठानका सभापति विष्णुकुमार गिरीले जारी गरेको वक्तव्य झूटो, तथ्यहीन भएको दाबीसमेत गरेका छन् ।’

गिरीले वक्तव्यमा थापाले कांग्रेसलाई कार्यक्रम नै गर्न नदिने, कर्मचारीलाई थर्काउने, सरुवाको धम्की दिने, घृणा फैलाउने गरी भाषण गर्ने, समानुपाति सांसदलाई हेप्ने गरेको आरोप लगाएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us