साढे ४ किलो चरेससहित दुई जना पक्राउ

काठमाण्डु टुडे २०८१ फागुन ३ गते ९:४५ मा प्रकाशित

कैलाली, ३ फागुन– प्रहरीले कैलालीबाट साढे चार किलो चरेससहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका–८ चमारीपुर बस्ने ५३ वर्षीया बेलमती बोहरा र बझाङको केदारस्यु गाउँपालिका–७ भान्चौरका ४६ वर्षीय घोडे धामी रहेको प्रहरीले जानकारी दिएको छ ।

कैलालीको गौरीगंगा नगरपालिका र गोदावरी नगरपालिकाबाट शुक्रबार दिउँसो चरेससहित उनीहरुलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्र सिंह बोहराले जानकारी दिएका छन । बोहरालाई बडैपुर र धामीलाई अत्तरियाबाट पक्राउ गरिएको उनले जानकारी दिएका छन ।

बोहराले बडैपुरमा सञ्चालन गरेको नास्ता पसलमा खाटमुनी कालो प्लाष्टिकमा लुकाएको अवस्थामा एक किलो ६६५ ग्राम चरेससहित पक्राउ गरिएको उनले जानकारी दिए । यस्तै, बझाङका धामीलाई गोदावरी नगरपालिका–३ को चौकिडाँडाबाट पक्राउ गरिएको हो ।

मालाखेती अस्पताल जाने सडकमा हिडिरहेको अवस्थामा विशेष सूचनाका आधारमा धामीलाई २ किलो आठ सय ६० ग्राम चरेससहित पक्राउ गरिएको डीएसपी बोहराले बताए । उनीहरु दुवै जनालाई इलाका प्रहरी कार्यालय मालाखेतीको नियन्त्रणमा राखेर अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us