काठमाण्डू, २ फागुन– पूर्व उपप्रधान मन्त्री एवं नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले माओवादीको नेतृत्वमा मुलकमा आर्थिक विकास र समृद्धि हासिल गर्न सकिने दाबी गरेका छन ।
आज (शुक्रबार) प्रेस सेन्टर जिल्ला समन्वय समिति चितवनले भरतपुरमा आयोजना गरेको पत्रकाराभेटघाटमा कार्यक्रममा माओवादी वरिष्ठ उपाध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन ।
उनले मुलुकको विकासका लागि सरकारको नेतृत्व माओवादीको हातमा आउनुपर्ने पनि बताएका छन । उनले मुलुकमा व्याप्त भ्रष्टाचारलाई अन्त्य गरी सुशासन ल्याउन माओवादीले मात्रै सक्ने उनको भनाइ थियो । पूर्वउपप्रधानमन्त्रीसमेत रहेका श्रेष्ठले आगामी निर्वाचनबाट माओवादी पुनः सरकारमा फर्कन विश्वास समेत व्यक्त गरेका छन ।
उनले माओवादी पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै नेतृत्वमा एकता बद्ध रहेको पनि बताएका छन । पार्टीभित्र विभिन्न समूहहरू हुन सक्ने भए पनि प्रचण्डकै नेतृत्वमा पार्टीलाई रुपान्तरण र एकताबद्ध ढंगले अघि बढाउन सकिने पनि बताएका छन । उनले पार्टीका समस्या रुपान्तरण अभियानले समाधान गर्ने पनि बताएका छन ।