मलाई कांग्रेस-एमालेले होइन, भ्रष्टाचारी, बिचौलिया र भूमाफियाहरूले प्रधानमन्त्रीबाट हटाएका हुन्ः प्रचण्ड

काठमाण्डु टुडे २०८१ फागुन २ गते १६:११ मा प्रकाशित

काठमाण्डू, २ फागुन– पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफूलाई प्रधानमन्त्रीबाट कांग्रेस–एमालेले नभई बिचौलियाहरूले हटाएको दाबी गरेका छन । आज शुक्रबार दोलखाको जिरीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन ।

उनले भने, ‘तपाईंहरूलाई लागेको होला कि प्रचण्डलाई माओवादीको सङ्ख्या कम भएर कांग्रेस एमालेले हटाए भनेर। तर, मलाई हटाउन कांग्रेस र एमालेका नेताहरूले भन्दा पनि भूमाफिया, बिचौलिया, दलालहरूले हटाएका हुन् ।

मैले गरेको कामको कारण आफ्नो भविष्य अँध्यारो देखेपछि कांग्रेस९एमालेका नेताहरूलाई आफ्नो घर, होटल बोलाएर प्रचण्डलाई हटाइएन भने तपाईंहरू पनि र हामी पनि सकियौँ भनेर भनेपनि मलाई हटाइयो ।’

अगाडि उनले भने, ‘मैले गरेको काम दलाल पुँजीपतिहरूलाई मन परेन। मैले गरेको काम भ्रष्टाचारहरूलाई मन परेन। प्रचण्ड नेतृत्वमा रहिरह्यो भने हाम्रो दिन सकियो भनेर भ्रष्टाचारीहरू डराए ।

भूमाफियाहरूलाई मन परेन । सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धिका कामहरूलाई मन परेन । सेटिङमा काम गर्ने एकरदुई दर्जन मान्छे छन् र बिना मेहनत करोडौँ लुट्छन् । उनीहरूले मेरो नेतृत्वको सरकार ढाले ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us