काठमाण्डू, २ फागुन– प्रहरीले रुपन्देहीमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा देवदह नगरपालिका–३ गौरी टोल बस्ने २८ वर्षीय अजय थापा र ३५ वर्षीय गोविन्द थापा रहेको जिल्ला प्रहरी कार्यलय रुपन्देहीले जानकारी दिएको छ ।
उनीहरूलाई प्रहरीले बिहीबार साँझ पक्राउ गरेको केन्द्रीय समाचार कक्षले जानकारी दिएको छ । अजय र गोविन्दले ती बालिकालाई गत मंगलबार राती जबरजस्ती करणी गरेको उजरी परेको प्रहरीले जानकारी दिएको छ ।
सोही उजुरीको आधारमा प्रहरी चौकी खैरेनीबाट खटिएको टोलीले उनीहरूलाई दुई दिनपछि पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान अघि बढाइएको पनि प्रहरीले जानकारी दिएको छ ।