उत्तर र दक्षिण कोरियाबीच शान्तिपूर्ण पुनर्मिलनमा भूमिका खेलिदिन ओलीलाई आग्रह

काठमाण्डु टुडे २०८१ फागुन १ गते १९:४५ मा प्रकाशित

काठमाण्डू, १ फागुन– प्रधानमन्त्री केपी ओलीसँग शान्तिका लागि अन्तर्राष्ट्रिय संसदीय मञ्चका अध्यक्ष डा चार्ल्स एस याङले आज शिष्टाचार भेट गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटका अवसरमा अध्यक्ष याङले आगामी अप्रिल १० देखि १४ सम्म दक्षिण कोरियामा हुने शान्ति र समृद्धिसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनका लागि प्रधानमन्त्री ओलीलाई विशेष अतिथिका रूपमा निमन्त्रणा दिएका छन् ।

सुनहक शान्ति पुरस्कार फाउन्डेसनका अध्यक्षसमेत रहेका याङले नेपाल र कोरियबीचको कूटनीतिक सम्बन्ध भएको ५० औँ वर्षगाँठका अवसरमा उक्त सम्मेलनमा विशेष अतिथिका रूपमा उपस्थित भई सम्बोधनसमेतका लागि आग्रह गरे ।

साथै उनले दुई कोरियाबीचको शान्तिपूर्ण पुनःमिलनका लागि पनि भूमिका खेलिदिन प्रधानमन्त्री ओलीलाई आग्रह गरेको उनको सचिवालयले जनाएको छ।

भेटका अवसरमा नेपाल परिवार दलका अध्यक्ष एवं सांसद एकनाथ ढकाल पनि सहभागी थिए।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us