काठमाण्डू, १ फागुन– काठमाण्डूको ठमेलमा मदिरा पिएर ड्युटीमा खटिएका प्रहरी कुटपिट गर्ने एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका स्थायी कमिटी सदस्य कमलराज जोशी पक्राउ परेका छन् ।
जोशीलाई प्रहरीले बिहीबार बानेश्वरबाट पक्राउ गरेको हो । जोशी नेतृत्वको एक समूहले गत २४ माघमा प्रहरी वृत्त दरबारमार्गको क्वीक रेस्पोन्स टीम (क्युआरटी) टोलीमाथि आक्रमण गरेको थियो ।
उनीहरुले प्रहरीको मोटरसाइकल तोडफोड गर्नुका साथै लठ्ठीसमेत खोसेर फालिदिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
सत्ताको आडमा जोशीलाई पक्राउ नगरिएको भन्दै चौतर्फी विरोध भएको थियो ।
उक्त घटनामा संलग्न २५ वर्षीय दिनेश सिग्देल र २२ वर्षीय रमेश फुलारा यसअघि नै पक्राउ परेका थिए ।