अश्लील भिडिओ बनाएर ब्ल्याकमेलिङ गरेको आरोपमा एक जना पक्राउ

काठमाण्डु टुडे २०८१ फागुन १ गते १७:३४ मा प्रकाशित

काठमाण्डू, १ फागुन– नेपाल प्रहरीले केन्द्रीय साइबर ब्युरो नाबालिकाको अश्लील भिडिओ बनाएर बाबुलाई पठाउँदै ब्ल्याकमेलिङ गरेको आरोपमा एक जना युवक पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाण्डू महानगरपालिका–१६ बनस्थली बस्ने २० वर्षीय आयुष कुँवर रहेका छन । उनलाई प्रहरीको केन्द्रीय साइबर ब्यूरोको टोलीले पक्राउ गरेको हो ।

उनीविरुद्ध जिल्ला अदालत काठमाण्डूबाट विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ । उनले एक नाबालिकलाई स्न्याप च्याटमा साथी बनाई ती नाबालिकाको अश्लील भिडिओ बनाएर उनका बाबुलाई पठाएको आरोप छ ।

घटनाबारे नाबालिकाका बाबुले प्रहरीमा जानकारी गराएपछि कुँवरलाई पक्राउ गरिएको ब्यूरोका एसपी तथा प्रवक्ता दीपकराज अवस्थीले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us