रोल्पामा जिप दुर्घटना, २ जना घाइते

काठमाण्डु टुडे २०८१ फागुन १ गते १४:२३ मा प्रकाशित

काठमाण्डू, १ फागुन– रोल्पाको माडी गाउँपालिका–५ मा जिप दुर्घटना भएको छ । घोराहीबाट परिवर्तन गाउँपालिका–२ राङ्सीतर्फ जाँदै गरेको भे १ ज १०११ नम्बरको जिप दुर्घटनामा परेको प्रहरीले जानकरी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका इन्सपेक्टर बिदुरचन्द्र अधिकारीका अनुसार दुर्घटनामा परेर दुई जना घाइते भएका थिए । घाइतेहरूलाई अहिले जिल्ला अस्पताल, लिबाङतर्फ ल्याउँदै गरिएको अधिकारीले जानकारी दिएका छन । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us