भैँसीले हान्दा सिन्धुलीमा एक जनाको मृत्यु

काठमाण्डु टुडे २०८१ फागुन १ गते १३:२६ मा प्रकाशित

काठमाण्डू, १ फागुन– सिन्धुलीको सुनकोशी गाउँपालिका-३ नौविसेमा भैँसीले हान्दा एकजनाको मृत्यु भएको छ । घाँस हाल्न गएका ७५ वर्षीय गोपाल घर्तीको भैँसीले हान्दा आज बिहान मृत्यु भएको हो ।

भैँसीले हानेर घर्तीको घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्दराज काफ्ले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us