धनगढीमा ड्युटीमा खटिएका प्रहरीलाई चक्कु प्रहार गर्न खोज्ने एक जना पक्राउ

काठमाण्डु टुडे २०८१ फागुन १ गते १३:१२ मा प्रकाशित

काठमाण्डू, १ फागुन– प्रहरीले कैलालीको धनगढीमा ड्युटीमा खटिएका प्रहरीलाई चक्कु प्रहार गर्न खोज्ने एकजनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१४ फुलबारी घर भएका टेक टामाटा रहेका छन ।

३६ वर्षीय टमाटाले बिहीबार साँझ धनगढी उपमहानगरपालिका–३ स्थित ट्राफिक चोकमा मापसे गरेर सड्कमा हल्ला गर्दै ड्युटीको प्रहरीलाई चक्कु प्रहार गर्ने प्रयास गरेका खुलेको प्रहरीले जानकारी दिएको छ ।

आरोपीलाई पक्राउ गरेर अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कविन्द्र बोहराले रातोपाटीलाई बताए । प्रहरीले उनको साथबाट चक्कु बरामद गरीएको पनि प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us