दोलखामा शिक्षिकालाई आक्रमण गर्ने विरुद्ध ज्यान मार्ने उद्योगको जाहेरी दर्ता, आक्रमणकारी खोज्दै प्रहरी

काठमाण्डु टुडे २०८१ फागुन १ गते १३:०४ मा प्रकाशित

काठमाण्डू, १ फागुन– दोलखाको बैतेश्वर गाउँपालिका–६ स्थित नाम्दुमा शिक्षिकालाई आक्रमण गर्नेविरुद्ध ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा जाहेरी दार्ता भएको छ ।

२८ माघमा एक जना युवकले धारिलो हतियार देखाउँदै त्रिपुरा क्याम्पसमा अध्यापन गर्ने उषा तामाङ लामालाई क्याम्पसको गेट नजिकै आक्रमण भएको थियो । आक्रमणमा ३२ वर्षीय सुन्दर अधिकारीको संलग्नता खुलेको छ ।

आरोपी बैतेश्वर–६ नाम्दुका स्थानीय हुन् । उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय दोलखाका इन्स्पेक्टर शत्रुधन महतोले जानकारी दिएको छ ।

सीसीटिभी फुटेजमा सुरुमा युवकले उनलाई हुत्त्याएर लडाएपछि खुकुरी प्रहार गर्न खोजेको देखिन्छ । स्थानीयले प्रतिकार गरेपछि आक्रमणकारी फरार भएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us