साँखुमा स्कुल बस दुर्घटना, कम्तिमा तीन जनाको मृत्यु

काठमाण्डु टुडे २०८१ माघ ३० गते १९:०६ मा प्रकाशित

काठमाण्डू, ३० माघ– काठमाण्डूको शंखरापुर नगरपालिका–५ मा बुधबार स्कुल बस दुर्घटना भएको छ ।

चाबहिल मैजुबहालस्थित सत्यसाई स्कुलका विद्यार्थी बोकेको बा२ख ७९५८ नम्बरको बस कात्तिकेबाट साँखु आउने क्रममा दुर्घटना भएको हो ।

काठमाण्डू पहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले नगरकोट पिकनिक गएर फर्कने क्रममा बस दुर्घटना भएको बताए । घटनास्थलमा तीनजनाको शव भेटिएको छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us