काठमाण्डू, ३० माघ– काठमाण्डूको शंखरापुरमा बस दुर्घटना भएको छ ।
विद्यार्थी सवार बस कात्तिके भञ्ज्याङबाट साँखु झर्ने क्रममा बस दुर्घटना भएको स्थानीयले बताएका छन् ।
बसमा पिकनिकका लागि गएर फर्कंदै गरेका विद्यार्थीहरु सवार रहेको अनुमान गरिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।