विद्युत प्राधिकरणको लापरबाहीले पाइप फुटेर बबर महलमा बाढी आयोः केयूकेएल

काठमाण्डु टुडे २०८१ माघ ३० गते १६:१८ मा प्रकाशित

काठमाण्डू, ३० माघ– काठमाण्डू उपत्यका खानेपानी लिमिटेड केयुकेएल) ले विद्युत प्राधिकरणले बिजुलीको तार भूमिगत गर्ने क्रममा पाइप फुटेर बबरमहलमा बाढी आएको जनाएको छ ।

प्राधिकरणको लापरबाहीका कारण मुख्य वितरण प्रणालीको पाइपमा क्षति पुगेकाले बाढी आएको केयूकेएलले जनाएको छ ।
केयुकेएलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोककुमार प्राधिकरणको लापरबाहीले घटना भएको बताए ।

बबरमहलस्थित काठमाण्डू जिल्ला अदालत परिसर बाहिरको मुख्य सडकमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुट्दा सो क्षेत्र जलमग्न भएको थियो ।

बाढीका कारण जिल्ला वन कार्यालय, जिल्ला अदालत र विशेष अदालत जलमग्न भएका थिए । केहीबेर सवारी आवागमनसमेत ठप्प भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us