जुम्ला केन्द्रबिन्दु भएर भूकम्प

काठमाण्डु टुडे २०८१ माघ ३० गते १३:३८ मा प्रकाशित

जुम्ला, ३० माघ– जुम्लामा बुधबार भूकम्प गएको छ ।

जुम्लाको उर्थु चौतारा केन्द्रबिन्दु भएर बिहान ११ बजेर ५६ मिनेट जाँदा ३.८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार नेपालमा पछिल्लो समय छिटोछिटो भूकम्पको धक्का महसुस भइरहेको छ । गत २२ माघमाको तोलीजैसी केन्द्रबिन्दु भएर ४.४ रेक्टर स्केलको भूकम्प गएको थियो ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us