खसीको भनेर बाख्राको मासु बेच्ने पक्राउ

काठमाण्डु टुडे २०८१ माघ ३० गते ११:१२ मा प्रकाशित

पर्सा, ३० माघ– खसीको भनेर बाख्राको मासु बेच्ने एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१३ का ४१ वर्षीय हारुन मियाँ छन् ।

पर्सा प्रहरीका डिएसपी किशोर लम्सालले खसीको भनेर बाख्राको मासु बेचिरहेको सूचनाका आधारमा छापा मारिएको बताए ।

बाख्राको मासुमा खसीको अण्डकोष सिलाएर बेचेको पाइएको उनले जनाए । पसलबाट प्रहरीले १५ किलोको बाख्राको मासुसमेत बरामद गरेको छ ।

मियाँविरुद्ध कालोबजारी कसुरमा कारबाही अघि बढाइएको प्रहरीको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us