बाबुको हत्या आरोपमा छोरा–बुहारीसहित ६ जना पक्राउ

काठमाण्डु टुडे २०८१ माघ ३० गते ८:३७ मा प्रकाशित

इलाम, ३० माघ– इलामको सूर्योदय नगरपालिका–११ सुन्तलेका ५१ वर्षीय धनराज राईको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले मृतकका छोरा बुहारीसहित ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनराजका छोरा २९ वर्षीय छोरा एडवड राई, उनकी पत्नी २६ वर्षीया मालती तामाङ, उनीहरुका छिमेकी २४ वर्षीय नवीनकुमार राई, २६ वर्षीय निशान राई, २० वर्षीय राजीव राई र २३ वर्षीय दिवस राई छन् ।

इलाम प्रहरी प्रमुख एसपी एकनारायण कोइरालाले उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।
धनराजको शव २८ माघमा आफ्नै घरमा भेटिएको थिया

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us