रोल्पा, ३० माघ– रोल्पामा मंगलबार अटो दुर्घटनमा हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा अरु दुई जना घाइते छन् । दुर्घटनामा रुन्टीगढी गाउँपालिका–२ धारापानीका ६५ वर्षीय इन्द्र घर्तीको घटनास्थलमै मृत्यु भएको रोल्पा प्रहरीले जनाएको छ ।
अटो चालक अटो चालक रुन्टीगढी–१ का ३८ वर्षीय मनराज नेपाली र सुनिलस्मृति गाउँपालिका–२ का ६२ वर्षीय मानबहादुर परियार घाइते भएका छन् ।