धनगढी, ३० माघ–धनगढीमा प्रहरीमाथि धारिलो हतियार प्रहार गर्न खोज्ने एक जना पक्राउ परेका छन् ।
ट्राफिक चौराहमा डिउटीमा रहेका प्रहरीमाथि मंगलबार रागि चक्कु प्रहारको प्रयास भएको हो । हातमा चक्कु बोकेर हिंडका युवकलाई नियन्त्रणमा लिन खोज्दा उनले उल्टै प्रहरीमाथि आक्रमण प्रयास गरेका थिए ।
जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका ती व्यक्ति धनगढी उपमहानगरपालिका–१४ का ३६ वर्षीय टेकबहादुर टमटा रहेको प्रहरीले जनाएको छ ।
काठमाण्डूको ठमेलमा ड्युटीमा रहेका प्रहरीमाथि सांघातिक आक्रमण गर्ने एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका नेता कमलराज जोशीलाई उन्मुक्ति दिइएको घटना चर्चामा रहेका बेला प्रहरीमाथि आक्रमण प्रयास भएको हो ।