रुकुमपूर्व, ३० माघ– रुकुमपूर्वको भूमे गाउँपालिका–४ स्थित साकिममा हजुरआमा र नातीको हत्या भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी माधवराज खरेलका अनुसरा ६० वर्षीया ढाटी बुढा र उनका आठ महिनाका नाति समीरको धारिलो हतियार प्रहार गरी हत्या भएको हो ।
हत्यामा संलग्न रहेको भनिएका ५१ वर्षीय चन्द्रसिंह पुन भूमे–४ खुल्खुलेमा मृत भेटिएका छन् । प्रहरीले तीनै जनाको शव पोष्टमार्टमका लागि अस्पताल पठाएको छ ।
घटनाबारे थप अनुसन्धा भइरहेको डीएसपी खरेलले बताए ।