काठमाण्डू, २९ माघ– प्रधानमन्त्री केपी ओलीले आगामी जेठ पहिलो साता हुने भनिएको सगरमाथा संवादमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ प्रधानमन्त्री ली ख छ्याङलाई निम्ता दिएका छन् ।
संवाद आगामी २ देखि ४ जेठसम्म चल्ने छ । ५ वर्षअघि ओली नै प्रधानमन्त्री भएका बेला सगरमाथा संवादको तयारी भएको थियो ।
थर, विश्वव्यापी कोभिड–१९ महामारीका कारण रोकिएको थियो ।
संवादमा जल वायु परिवर्तनका कारण नेपालमा पारेको नकारात्मक प्रभाव र त्यसबाट सुरक्षित रहने उपायबारे छलफल हुनेछ ।