रामहरि खतिवडाको त्यो बोलीः जसका कारण प्रतिपक्षले संसद् बहिस्कार गरे

काठमाण्डु टुडे २०८१ माघ २९ गते १५:०२ मा प्रकाशित

काठमाण्डू, २९ माघ– काँग्रेस सांसद रामहरि खतिवडाले मंगलबारको प्रतिनिधिसभा बैठकमा बोलेपछि विपक्षीले संसद बहिस्कार गरे ।

आकस्मिक र शून्य समय सकिएर विशेष समयमा प्रवेश गरिसकेपछि खतिवडालाई नियमावलीको व्यवस्थाविपरीत बोल्न दिइएको भन्दै रास्वपा सांसद् गणेश पराजुलीले नियमापत्ति जनाए ।

उनले सत्तापक्षले संसदमा ज्यादती गरेको र जथाभावी संसद् चलाउन खोजिएकोमा आपत्ति जनाए ।

के भने खतिवडाले ?
प्रहरी कुटनेमाथि कारबाही नभएको विषय यहाँ उठ्यो । हिजो हो गृहमन्त्री हुँदा एक नम्बरकोलाई नबनाएर १५ नम्बरकोलाई प्रोमोशन गरेको हामीले देख्यौं । आईजीपीलाई समितिमा बोलाएर निर्दोश छन् भनिदिनुप¥यो भनेर कानेखुसी गरेको पनि हामीले सुन्यौं । कसले दुरुपयोग ग-यो, कसले सदुपयोग ग¥यो हामीले हेर्नुपर्ने बेला भएको छ ।  प्रहरीमा हाइजम्प लङ जम्प लागू गरियो । ५२ दिन नपुगी आफ्ना मान्छे लैजान सरुवा गरियो । यो कसका पालामा भएको थियो ? त्यो पनि संसदमा जानकारी चाहियो । बहस गर्ने वकिललाई झ्यामझ्याम गालामा हान्दै घिसार्ने कामको सुरुआत भयो । त्यति मात्र भएन अदालतमा बहस चलिरहँदा बाहिर जिन्दावाद र मूर्दावाद भन्ने प्रचलन सुरु भयो । यो कसले गरेको थियो ? फेरि पनि म अनुरोध गर्न चाहन्छु सत्तामा हुँदा एउटा र प्रतिपक्षमा हँुदा अर्को कुरा गर्ने प्रवृत्ति अन्त्य हुनुपर्छ भन्ने हाम्रो माग छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us