सुर्खेत, २९ माघ– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तापक्षको दुई तिहाइको अहंकारलाई राष्ट्रिय सभाले धक्का दिएको टिप्पणी गरेका छन् ।
सुर्खेतको वीरेन्द्रनगरमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले संसद छलेर गलत नियतका साथ ल्याएको अध्यादेश पारित नहुने वातावरण बनेको बताए ।
‘सरकारमा रहेकाहरूमा दुई तिहाइको अहंकारलाई राष्ट्रिय सभाले रम्रो जवाफ दिएको छ’, उनले भने, अहिलेसम्मको अवस्था हेर्दा सरकारले ल्याएको अध्यादेश राष्ट्रिय सभामा पारित हुने देखिएको छैन ।’
सरकार सदनलाई अवमूल्यन गर्ने र अध्यादेशबाट शासन चलाउने गलत बाटोमा अग्रसर बनेको आरोप उनले लगाए । फरक प्रसंगमा उनले केपी ओली नेतृत्वको सरकारले देशलाई ठूलो आर्थिक भड्खालोमा पार्ने दाबी गरे ।