होटलमा बोलाएर पत्रकारमाथि चक्कु प्रहार

काठमाण्डु टुडे २०८१ माघ २९ गते १३:१९ मा प्रकाशित

काठमाण्डू, २९ माघ– नेपाल पत्रकार महासंघ बझाङका अध्यक्ष ललितपुर सिंहमाथि चक्कु प्रहार भएको छ ।

जयपृथ्वी नगरपालिका–१० चैनपुर स्थित एक होलटमा बोलाए सिंहमाथि सोमबार राति सांघातिक हमला भएको हो । सिंहले मष्टा

गाउँपालिकाका विनोद कठायतसहितले होटलमा बोलाएर आक्रमण गरेको सिंहले बताएका छन् । कुरा गर्नु छ भन्दै होटलको कोठामा लगेर अन्धाधुन्द चक्कु प्रहार गरिएको सिंहको भनाइ छ । चक्कु प्रहारबाट घाइते उनको निधारमा तीन टाका लगाइएको छ ।

यसैबीच पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले मंगलबार विज्ञप्ति जारी गर्दै आक्रमणको निन्दा गरेका छन् । उक्र घटनालाई अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको जघन्य अपराधका रुपमा लिइएको विज्ञप्तिमा उल्लेख छ ।

पत्रकारलाई हतोत्साहित र त्रसित बनाउने उक्त घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कानूनी कारबाहीको दायरामा ल्याउन महासंघले माग गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us