मामाका छोराद्वारा फुपुकी छोरीमाथि खुकुरी प्रहारको प्रयास

काठमाण्डु टुडे २०८१ माघ २९ गते १२:४६ मा प्रकाशित

दोलखा, २९ माघ– दोलखामा एक शिक्षिकमाथि खुकुरी प्रहार गर्ने प्रयास भएको छ ।

बैतेश्वर गाउँपालिका–६ की ४१ वर्षीया उषा तामाङमाथि स्थानीय सुन्दर अधिकारीले खुकुरी प्रहारको प्रयास गरेका हुन् । अधिकारीले सडकमा हिंडिरहेकी तामाङलाई सोमबार खुकुरी ताकेका थिए ।

बैतेश्वर माध्यामिक विद्यालयकी शिक्षिका उषामाथि विद्यालयबाट फर्किंदै गर्दा खुकुरी प्रहारको प्रयास भएको प्रहरीको भनाइ छ ।
उषा सुन्दरकी सहोदर फुपुकी छोरी भएको प्रहरीले जनाएको छ ।

दोलखा प्रहरीका इन्स्पेक्टर दाताराम अधिकारीले अंश बण्डाको विषयमा भएको विवाद चर्किंदै गएपछि खुकुरी प्रहारको प्रयास भएको बताए ।

अधिकारीले दोलखा जिल्ला अदालटबाट उषासँग अंशबण्डा मुद्धा जितेको र त्यसविरुद्ध उषा पुनरावेदन अदालतमा गएपछि आक्रोशित भएका उनले खुकुरी प्रहारको प्रयास गरेको प्रहरीको भनाइ छ ।

यसैबीच प्रहरीले किरणलाई पक्राउ गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us