काठमाण्डू, २९ माघ–नेपालमा गत वर्षको तुलनामा यस वर्ष पनि भ्रष्टाचार नघटेको देखिएको छ ।
ट्रान्सपरेन्सी इन्टरनेशनल मंगलबार सार्वजनिक गरेको विश्वव्यापी सूचकांकले नेपालमा भ्रष्टचार नघटेको औंल्याएको हो । नेपाल भ्रष्टाचार बढी हुने देशको सूचीमा ३४ अंकसहित १ सय ७ औं स्थानमा परेको छ ।
यसअघि १०८औं स्थानमा थियो । नेपालभन्दा अगाडि रहेका केही मुलुकको अवस्था बिग्रएका कारण मात्र एक स्थान सुधार देखिएको हो ।
इन्टरनेशनलले ५० अंकभन्दा कम ल्याउने मुलुकलाई भ्रष्टाचभार बढी हुने देशको सूचीमा समावेश गर्ने गरेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष मदनकृष्ण शर्माले नेपालको अवस्थामा सुधार नभएको बताए ।