काठमाण्डू, २८ माघ– तनहुँमा प्रहरी जवानलाई कुटपिट गरेको आरोपमा प्रहरीले ४ जना युवालाई पक्राउ गरेको छ । उनीहरुमाथि तनहुँ व्यास नगरपालिका–५ स्थित पर्यटकीयस्थल मानङकोटको अस्थायी प्रहरी बिटमा कार्यरत प्रहरी सुनिल कार्कीमाथि कुटपिट गरेको आरोप रहेको तनहुँ प्रहरीले जानकारी दिएको छ ।
पक्राउ पर्नेमा व्यास–४ निवासी रोशन गुरुङ, जेम्स गुरुङ, सुजल गुरुङ र व्यास–१ निवासी सुदीप विक रहेको जिल्ला प्रहरी कार्यलय तनहुँले जानकारी दिएको छ ।
शनिबार राति २ बजेको समयमा मानुङकोटमा झडप भएपछि सुरक्षाका लागि खटिएका प्रहरीमाथि हातपात भएको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिएका छन ।
उनीहरुविरुद्व आइतबार अभद्र व्यवहार मुद्दामा ५ दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिएका छन ।