प्रचण्डको आरोपः प्रधानमन्त्री ओली संविधान खारेज गर्न चाहन्छन्

काठमाण्डु टुडे २०८१ माघ २८ गते १३:२४ मा प्रकाशित

काठमाण्डू, २८ माघ– पूर्व प्रधानमन्त्री एवं नेकप माओवादी केन्दका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली संविधान खारेज गर्ने पक्षमा रहेको आरोप लगाएका छन । आज (सोमबार) जनपुरमा पुगेका माओवादी अध्यक्ष प्रचण्डले सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै यस्तो आरोप लगाएका हुन ।

साथै अध्यक्ष प्रचण्डले पधानमन्त्री ओली परिर्वतन र संविधानको नै खारेज गर्न लागेको आरोप समेत लगाएका छन । सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले भने, ‘हामीले धेरैपटक भनिनै सकेका छौं । उहाँले त आन्दोलन परिवर्तन सबै बर्बाद होस्, संविधान नै खारेज गर्न चाहने हो नि त हाम्रो अहिलेको प्रधानमन्त्री त ।’

अध्यक्ष प्रचण्डले यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि त्यही भएको पनि बताएका छन । उनले आफूले मधेशी जनताको माग बमोजिम दुईपटक संविधान संशोधनको प्रस्ताव लैजाँदा रोक्ने पनि वर्तमान प्रधानमन्त्री ओली नै भएको बताए ।

‘मैले मधेशी जनताका लागि दुईपटक संसदमा संविधान संशोधनको प्रस्ताव लगेको हो । तर, केपी ओली त्यस्ता नेता हुन् जसले रोके’, उनले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us