सुशासनका पक्षमा कलम चलाउने तीन पत्रकार सम्मानित

काठमाण्डु टुडे २०८१ माघ २८ गते १३:०८ मा प्रकाशित

काठमाण्डू, २८ माघ– सुशासनका पक्षमा कलम चलाउने तीन पत्रकार सम्मानित भएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो ३४औं स्थापना दिवसको अवसरमा सोमबार प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित समारोहमा पत्रकारत्रय नवराज मैनाली, रमेश धमला र टेपन्द्र कार्कीलाई सुशासन पत्रकारिता पुरस्कारद्वारा सम्मान गरेको हो ।

मैनाली नयाँपत्रिका दैनिक, धमला कान्तिपुर टेलिभिजन र कार्की नागरिक दैनिकमा कार्यरत छन् ।

समाचारका माध्यमबाट सुशासन प्रवर्द्धनमा योगदान पुर्याएकोले त्यसको कदरस्वरूप उनीहरुलाई पुरस्कृत गरिएको अख्तियारले जनाएको छ ।

समारोहमा सभामुख देवराज घिमिरेले पुरस्कार प्रदान गरे । पुरस्कारको राशि जनही २५ हजार रुपैयाँ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us