काठमाण्डू, २८ माघ–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज ३४औं स्थापना दिवस मनाउँदैछ ।
दिवसका अवसरमा टंगालस्थित आयोग कार्यालयमा विशेष कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रमको प्रमुख अतिथि राष्ट्रपति रामचन्द्र पौडेल छन् ।
संविधानको धारा २३९ मा उल्लेख गरिएको अख्तियारको काम, कर्तव्य र अधिकारकमा कुनै सार्वजनिक पद धारण गरेको व्यक्तिले भ्रष्टाचार गरी अख्तियारको दुरुपयोग गरेको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कानूनबमोजिम अनुसन्धान गर्न वा गराउन सक्ने भन्ने उल्लेख गरएको छ ।