बसको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु

काठमाण्डु टुडे २०८१ माघ २८ गते ९:०० मा प्रकाशित

कञ्चनपुर, २८ माघ– स्कुल बसको ठक्करबाट कञ्चनपुरमा दुई वर्षीय बालकको मृत्यु भएको छ ।

बेलडाँडीबाट कलकत्ता जाँदै गरेको सुपप्र०१–००१ख ३६१० नम्बरको ज्ञानसाधना बोडिङ स्कुलको बसको ठक्करबाट बेलडाँडी गाउँपालिका–३ खैरीघाटमा बालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा स्थानीय मीनबहादुर कुँवरका छोरा सुशान्त रहेको प्रहरीले जनाएको छ । घटनापछि चालक फरार छन् भने बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us