काठमाण्डू, २७ माघ– प्रहरीले सामाजिक सञ्जालमार्फत धार्मिक सहिष्णुतामा खलल पुर्याएको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा संखुवासभाको खाँदबारी नगरपालिका–४ का ५२ वर्षीय नरेन्द्रराज राई रहेका छन ।
उनलाई नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरोको टोलीले पक्राउ गरेको हो । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत धार्मिक सहिष्णुता खलल पुर्याएको, घृणा वा द्धेष फैलाएको र जातजातीबीचको समधुर सम्बन्ध खलल पुर्याएको आरोप रहेको छ ।
पक्राउ परेका राईविरुद्ध काठमाण्डू जिल्ला अदालतबाट विद्युतीय कारोबारको कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको ब्यूरोका एसपी तथा प्रवक्ता दीपकराज अवस्थीले जानकारी दिएका छन ।