शिक्षामन्त्री भट्टराई अस्वस्थ

काठमाण्डु टुडे २०८१ माघ २७ गते १७:४४ मा प्रकाशित

काठमाण्डू, २७ माघ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई अस्वस्थ भएकी छन । आफू अस्वस्थ रहेको र आजका कार्यक्रम तथा बैठकहरूमा उपस्थित हुन नसक्ने उनले सामाजिक सञ्जालमार्फत जानकारी समेत उनले सामाजिक सञ्जाल मार्फत गराएकी छन ।

‘हिजो देखि स्वास्थ्यमा समस्या देखिएको कारण मन्त्रालय, आजका सबै बैठक र कार्यक्रममा उपस्थित हुन नसक्ने व्यहोरा जानकारी गराउन चाहन्छु । असमर्थताको लागि क्षमाप्रार्थी छु,’ उनले भनेकी छिन् ।

चिकित्सककको सल्लाहअनुसार मन्त्री भट्टराई निवासमै आरम गरिरहेकी उनलेको सचिवालय स्रोतले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us