माइतीघरमा रक्षा मन्त्रीको गाडीले दियो मोटरसाइकललाई ठक्कर

काठमाण्डु टुडे २०८१ माघ २७ गते १४:४८ मा प्रकाशित

काठमाण्डू, २७ माघ– काठमाण्डूको माईतीघरमा रक्षामन्त्री मानवीर राई सवार गाडीले मोटरसाइकललाई ठक्कर दिएको छ। मन्त्री सवार गाडीले आइतबार बिहान १० बजेतिर माइतीघरमा मोटरसाइकललाई ठक्कर दिएको काठमाण्डू उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी संजयबहादुर राउतले जानकारी दिएका छन ।

गाडीको ठक्करबाट मोटरसाइकलमा सामान्य क्षति पुगेको उनले जानकारी दिएका छन । उनले भने, ‘सामान्य दुर्घटना भएको हो, मोटरसाइकलको लुकिङ ग्लास फुटेको रहेछ, बनाइदिइसकेको छ ।’

मोटरसाइकल चालक भने सकुशल रहेको एसपी राउतले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us