काठमाण्डू, २७ माघ– धनगढीमा विद्यालय बाट घर फर्किरहेकी १४ वर्षीय एक बालिकालाई चक्कु देखाएर अपहरण शैलीमा कोठामा लगेर एक युवकले बलात्कार गरीएको छ ।
धनगढी बजारको बिच सडकमै विद्यालय बाट घर फर्किरहेकी बालिकालाई दिनदहाडै १८ वर्षीय युवकले सडकमा रोकेर चक्कु देखाई आफू सँग नगए ज्यान मार्ने धम्की दिएर अपहरणको शैलीमा कोठामा लगेर बलात्कार गरेको खुलेको प्रहरीले जानकारी दिएको छ । बाजुराको खप्तडछेडेदह गाउँपालिका घर भई धनगढी उपमहानगरपालिका– २ बैयाबेहडी मामाको घरमा बस्ने १४ वर्षीय बालिका कक्षा ७ मा अध्ययनरत थिइन् ।
शुक्रवार विद्यालय बाट घर फर्किरहेका वेला ती बालिकालाई १८ वर्षीय युवकले सडकमा रोकी चक्कु देखाएर आफूसँग नगए ज्यान मार्ने भन्दै आफ्नो घरमा लगेर बलात्कार गरेको कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक कविन्द्र सिंह बोहराले जानकारी दिएका छन । शनिबार साँझ पीडित बालिकाको माइजूले उजुरी दिएपछि घटना बाहिरिएको हो ।
बलात्कार गरेका युवक फरार छन् । चक्कु देखाएर बालिकालाई युवकले आफ्नै घरमा लगेर बलात्कार गरेको उनले जानकारी दिएका छन । घरमा युवक एक्लै थिए कि अरुपनि भन्ने कुरा थाह नभएको प्रहरी नायव उपरीक्षक बोहराले बताए । वालिकालाई आफ्नो घरमा कति समय राखेर बलात्कार गर्यो भन्ने पनि खुलिन नसकेको उनले बताए ।
उमेर पुगिनसकेकोले युवकको नाम पनि गोप्य राखिएको प्रहरीले बताएको छ । साथै घटनाबारे आवाश्यक अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ ।