प्रहरीका ७५ इन्स्पेक्टर डीएसपीमा बढुवा

काठमाण्डु टुडे २०८१ माघ २६ गते ८:३९ मा प्रकाशित

काठमाण्डू, २६ माघ- नेपाल प्रहरीका ७५ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवा सिफारिस भएका छन् ।
शनिबार बसेको बढुवा समिति बैठकले ७५ इन्सपेक्टरलाई डिएसपीमा बढुवा सिफारिस गरेको हो । सुदूरपश्चिम प्रदेश विपद व्यवस्थापन गुल्म महेन्द्रनगरमा कार्यरत सुरेन्द्रप्रसाद जोशी बढुवाको पहिलो सूचीमा परेका छन् ।

यस्तै काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालय तालिम शाखाका इन्स्पेक्टर मिलन बस्नेत दोश्रो, प्रहरी प्रधान कार्यालय कार्यविभाग सुरक्षा सेवा व्यवस्थापन महाशाखा नक्सालमा कार्यरत इन्स्पेक्टर राजकुमार सिंह तेश्रो,

राजन रायमाझी चौथो, शंकरप्रसाद आचार्य पाचौं, वीरदत्त पन्त छैठौं, विष्णुप्रदीय बस्याल सातौं, चन्द्रकुुमार सिंह आठौं, अनिलराज गिरी नवौं र योगराज खतिवडा दशौं नम्बरमा बढुवा सिफारिस भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us