कांग्रेस–एमालेले पनि नसके देशमा कहिल्यै विकास नहुने चिन्ता जनतामा छः पूर्वराष्ट्रपति भण्डारी

काठमाण्डु टुडे २०८१ माघ २५ गते १८:१० मा प्रकाशित

काठमाण्डू, २५ माघ– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान सरकारले पनि देश विकास गर्न नसके कहिले पनि नहुने चासो र चिन्ता नागरिकमा रहेको बताएकी छन ।

आज (शुक्रबार) अरुणोदय माध्यमिक विद्यालयको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन । उनले विगतमा तीनरतीन महिनामा सरकार परिवर्तन हुने समस्या भएकोमा अहिलेको सरकारलाई शुभकामना दिनुपर्ने पनि बताएकी छन । उनले भनिन्, ‘अहिले अनुकुल समय पनि छ । सरकार पनि स्थायी भएर चलिरहेको छ ।

नत्र यहाँ त हामीलाई समस्या, तीनरतीन महिनामा सरकार फेरिएर एउटा काम गर्न खोज्यो कहिले पनि पाइला नै अगाडि नसर्ने परिस्थिति थियो, ‘अहिले दुई वटा ठूला राजनीतिक दलहरू मिलेर त्यसलाई स्थायित्व दिने, आर्थिक प्रगति गर्ने भनेर लागिरहनुभएको छ । मेरो त उहाँहरूलाई शुभकामना छ । अब पनि गर्न सकिएन भने के उपाय गर्ने भन्ने चासो जनताको बीचमा पनि छ ।’

साथै, उनले शिक्षा राष्ट्र निर्माणको मुल खम्बा हुनुपर्नेमा त्यसो हुन नसकिरहेको पनि बताइन् । अब कस्तो विकासको नमुना प्रस्तुत गर्ने ? भन्नेमा सोच्न जरुरी रहेको बताउँदै उनले देशमै परिवारसँग बसेर केही गरौँ भन्ने स्थिति निर्माण गर्न जरुरी रहेको बताइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us