काठमाण्डू, २५ माघ– प्रहरीले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई आक्रमण गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट घर भएका दीपक आले मगर रहेका छन् । उनलाई प्रहरी वृत्त सिंहदरको हिरासतमा राखिएको छ ।
बिहीबार पक्राउ परेका उनलाई ज्यान मार्ने उद्योगको कसुरमा जिल्ला अदालत काठमाण्डूबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।
यसअघि अदालतमा दायर भएको मुद्दामा उनी प्रतिवादी नरहेकाले हिरासतमा राखेर अनुसन्धान गरेर पुरक अभियोजन लैजाने प्रहरीको तयारी छ ।
यसअघि त्रिपाठीमाथि आक्रमण गरेको आरोपमा पक्राउ परेर ज्यान मार्ने उद्योगमा मुद्दा चलाइएका तीन जनालाई शुत्रलबार जिल्ला अदातल काठमाण्डूका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले जनही एकरएक लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।