काठमाण्डू, २५ माघ– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारले अध्यादेश ल्याउनुको कारण जनतालाई बताउनुपर्ने बताएका छन । आज शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकपछि सञ्चाकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै जनमोर्चाका अध्यक्ष केसीले यस्तो बताएका हुन ।
उनले संसद्को माध्यमबाट राष्ट्रलाई अगाडि बढाउनुपर्नेमा सरकार उल्टो बाटोमा हिड्न खोजेको आरोप पनि लगाएका छन । उनले अध्यादेश ल्याउनै पर्नेगरी राष्ट्रलाई के संकट परेको थियो भन्दै प्रश्न समेत गरेका छन । उनले भने, ‘संसद् बोलाएर संसद्को माध्यमबाट राष्ट्रलाई अगाडि बढाउनुपर्छ ।
संसद नबोलाउने अध्यादेशबाट देश चलाउन खोज्ने रु यो उल्टो बाटो भएन ?, अध्यादेश ल्याउनुपर्ने कारण नेपाली जनतालाई बताउनु पर्यो नि । राष्ट्रको अगाडि के संकट थियो ? बाढी आएको थियो कि भूकम्प आएको थियो कि विदेशीले आक्रमण गरेको थियो कि ?’
राजनीतिक दलहरुको यही नीति, व्यवहार र चरित्रले मुलुकको अर्थतन्त्र नसुध्रिने समेत उनले बताएका छन ।